बागमती प्रदेश एमाले संसदीय दलको बैठक बुधबार बस्ने भएको छ । मुख्यमन्त्री तथा एमाले प्रदेश सभा संसदीय दलका नेता डोरमणि पौडेलले बैठक बोलाएका हुन् ।
बुधबारको बैठकमा संसद्मा पेस भएको अविश्वासको प्रस्तावका सन्दर्भमा छलफल हुने एमाले प्रमुख सचेतक केशव पाण्डेयले बताएका छन् ।
सर्वोच्चको आदेशपछि मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता भएको छ । तत्कालीन नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। नेपाल पक्षले अविश्वासको प्रस्ताव फिर्ता लिएसँगै पौडेलको पद सुरक्षित भएको छ ।
प्रदेश सभामा ११० सदस्य सांसदमध्ये एमालेका मात्र ५८ जना सांसद छन्। सर्वोच्चको फागुन २३ गतेको फैसलाले एमाले ब्युँतिएपछि पौडेललाई फाइदा पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।