जहाँसुकैबाट समाचार पढ्न मिल्ने एनएमबी न्युज सार्वजनिक

देश तथा विदेशका ताजा लोकप्रिय समाचार पढ्न इच्छुक व्यक्तिहरुलाई लक्षित गर्दै नेपाल मल्टिपल ब्रोडकास्टिङ न्युज प्रालिले मोबाइल एप एनएमबी न्युज सार्वजनिक गरेको छ ।

करिब सात महिनादेखि अनलाइन समाचार प्रवाह गर्दै आएको उक्त कम्पनीले समाचार पाठकलाई अझ सजिलो र डिजिटलाइज्ड गर्न मोबाइल एप सञ्चालनमा ल्याएको हो । एन्ड्रोइडका लागि गत पुसमा सार्वजनिक भएको एपलाई प्रयोगकर्ताले राम्रो प्रतिक्रिया दिइरहेको सेवा प्रदायकको दाबी छ । 

यो एपमा प्रयोगकर्ताले आफ्नो प्रदेश, रुचि र प्राथमिकताअनुसार चाहेजस्तो समाचार पढ्न पाउनेछन् । प्रयोगकर्ताले देश तथा विदेशका मुख्य समाचार तुरुन्त नोटिफिकेसनमार्फत पाउनेछन् । साथै, पछिल्ला दिनमा कुनै अपडेट आएमा एपमै तुरुन्त अपडेट गर्न सक्नेछन् भने एपको बारेमा प्रतिक्रिया पनि सजिलै दिन सक्नेछन् ।

एन्ड्रोइडपछि अब आईओएस एप रिलिज गर्ने कम्पनीको तयारी रहेको छ । 





  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार २०:१८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया