वायु प्रदूषणबाट बचाउने महावीर पुनका यी सुझाव

केही दिनदेखि काठमाडौं उपत्यका भित्रको तीनवटै सहरहरुमा वायुमण्डल अति नै प्रदूषित भएको छ । यसले जनजीवन प्रभावित गरेको छ । 

वायु प्रदूषणले जनसाधारणको स्वास्थ्यमा पनि अति नै नराम्रो असर पारेको छ । यो अहिलेको ठूलो समस्या बन्न पुगेको छ । 

वायु प्रदुषण विकराल बन्दै गइरहेको अवस्थामा नियन्त्रणका लागि राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महावीर पुनले केही उपायहरु सुझाएका छन् । “माथिबाट हेर्दा देखिने हराभरा काठमाण्डू उपत्यका“ शीर्षकमा सामाजिक सञ्जालमार्फत सुझावहरु राखेका छन् । 

पुनले लेखेका छन्,
१. समाधानको शीर्षक – “माथिबाट हेर्दा देखिने हराभरा काठमाण्डू उपत्यका“ 
२. कसरी बनाउने हराभरा – हरेक घरले छतमा आफ्नो ईच्छा अनुसारको कम्तिमा पनि एउटा बिरुवा रोप्ने । ठूलो बिल्डिङको साइज र ठाउँअनुसार धेरै बिरुवा रोप्ने ।
३. कतिवटा घरको छानामा बिरुवा रोप्ने – उपत्यकाको तीन सहरको १० लाख घरको छतहरुमा कम्तिमा पनि १० लाख बिरुवा रोप्ने ।
४. पैसा कहाँबाट ल्याउने – १० लाख बिरुवा उत्पादन गर्न, बिरुवालाई छानामा राख्ने प्रविधिको विकास गर्न र मानव संसाधनको व्यवस्था मिलाउन हरेक घरधनीले प्रतिवर्ष २ हजार रुपैयाँ उपलब्ध गराउने । काठमाण्डू उपत्यकामा करोडौँ पर्ने घरको घरधनीले  २ हजार रुपैयाँ पक्कै दिन सक्नुहुनेछ । त्यो पैसालाई एउटा कोष बनाएर जम्मा गर्ने । १० लाख घरले २ हजार रुपैयाँको दरले पैसा उठाउँदा एक वर्षमा २ अर्ब जम्मा हुन्छ ।

५. कुन प्रविधि प्रयोग गर्ने र कुन कुन जातको बिरुवाहरु लगाउने – घरको छतमा बिरुवा लगाउन संसारमा धेरै नै प्रविधिहरुको विकास भएका छन् । त्यसको लागि विज्ञहरुलाई उपयुक्त प्रविधि र बिरुवाको उपयुक्त जातहरु छान्ने काममा लगाउनुपर्छ । घरधनीले आफ्नो ईच्छाअनुसारको बिरुवा लगाउन पनि सक्नेछन् । एउटा उपयुक्त प्रविधि भनेको 'यअरपट' सिस्टम पनि हुन सक्छ । 
त्यो सिस्टमको भिडियो हेर्नुहोस्

६. यसो गर्दा बिरुवाहरुले कति कार्बनडाइअक्साइड सोस्छन् – ठूला बिरुवाले एक वर्षमा औसतमा २३ किलोग्राम जति कार्बनडाइअक्साइड सोस्ने रहेछ । यसरी हामीले रोपेको १० लाख बिरुवाले प्रति वर्ष ५ किलोग्रामको दरले सोस्यो भने पनि एक वर्षमा ५० लाख किलोग्राम कार्बनडाइअक्साइड सोस्छ । यसो हुँदा काठमाडौं उपत्यकाको वायुमण्डल निकै सफा हुन्छ, सास फेर्न सजिलो हुनेछ र श्वासप्रश्वासका बिरामीहरुको पनि संख्या निकै नै कम हुनेछ ।



७. अनि अन्य फाइदाहरु के के हुन्छन नि –  निम्नानुसारका फाइदाहरु हुनेछन् ।
– घरधनीले बिरुवाको स्याहारसुसार गर्ने हो भने ५ वर्षमा बिरुवा निकै बढ्नेछ ।
– काठमाण्डू उपत्यकाको आकाशबाट तल हेर्दा एकदमै हराभरा देखिनेछ ।
– घरको छतमा विभिन्न फलफूल र सागसब्जीको उत्पादन हुनेछन् ।
– आंशिक रुपमा भएपनि फलफूलमा स्वावलम्बी हुनेछन् ।
– काठमाडौं उपत्यका हरियो सहर (ग्रिन सिटी) र स्वच्छ सहर बन्नेछ ।
– ग्रिन सिटी हेर्न पर्यटकहरुको घुइँचो लाग्नेछ र आर्थिक विकास हुनेछ ।
– पर्यटनमा आधारित व्यवसायहरु बढ्नेछन् र रोजगारीको सृजना हुनेछ ।
– विश्वमा काठमाडौं उपत्यकाको नाम चल्नेछ र नेपालीको नाक ठाडो हुनेछ ।
– यसबाहेक अन्य धेरै नै फाइदाहरु हुनेछन् र मन शान्त हुनेछ ।



साथसाथै त्यो पैसाले दोश्रो चरणमा उपत्यकाका नदीनालाहरु सफा गर्ने काम पनि गर्न सकिनेछ । लौ त उपत्यकाका घरधनी र साहु महाजन ज्यू हरुले प्रतिवर्ष २ हजार रुपैयाँ दिन मन फुकाउने हो त ?? धेरै कन्जुस हुनु राम्रो होइन होला 😃 

मेरो कथा यति नै हो – सुन्नेलाई सुनको माला, कथा भन्नेलाई फूलको माला, यसो गर्यो भने काठमाडौं उपत्यका पक्कै वैकुण्ठ बन्ला, धन्यवाद 😂😂🙏🙏🙏

नोटः यदि तपाईहरुलाई यो आइडिया राम्रो लाग्यो भने यस काममा सहयोग गर्न राष्ट्रिय आविष्कार केन्द्र तपाईहरुको सेवामा हाजिर हुनेछ । 

काठमाडौँ उपत्यकालाई बैकुण्ठ जस्तै बनाउने मिठो कथा सुन्नुस र फोटो हेर्नु होस्: केहि दिन देखि काठमान्डू उपत्यका भित्रको...

Posted by Mahabir Pun on Sunday, March 28, 2021
  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १०:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया