चिकित्सा शिक्षाकाे योग्यता क्रम सूची पुनः प्रकाशन गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले चिकित्सा शिक्षाका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुको नतिजा योग्यता क्रमको सूची पुनः प्रकाशन गर्न चिकित्सा शिक्षा आयोगलाई अन्तरिम आदेश दिएको छ । 

चिकित्सा शिक्षातर्फका स्नातकोत्तर तहका विद्यार्थीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार सो रिटमा अदालतले उनीहरुको योग्यता क्रमको सूची पुनः प्रकाशन गर्न आयोगलाई आदेश दिएको हो । 

सर्वोच्चको आदेशमा चिकित्सा शिक्षा नियमावली २०७७ बमोजिम अंक पाउने भए सो बमोजिम उनीहरुलाई अंक दिन समेत आदेश दिएको छ ।

दुर्गम क्षेत्र र अनुभवका आधारमा प्राप्त हुने अंकसमेत प्रदान गरी म्याचिङसम्बन्धी सम्पूर्ण कार्य सम्पन गर्न समेत सर्वोच्चले आदेश दिएको छ । प्रवेश परीक्षा उत्तीर्ण भएका निवेदकलाई उच्च शिक्षाको अवसरबाट वञ्चित गर्दा अपूणीय क्षति हुने सर्वोच्चको ठहर छ । 

दुर्गम क्षेत्रमा काम गरेको झुटो विवरण पेस गरेको भन्दै चिकित्सा शिक्षा आयोगले गोग्यता सूचीका ५२ जनालाई समावेश नगरे पछि उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार २०:१७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया