भारतीय महिला टि–२० क्रिकेट टिमकी कप्तान हरमनप्रित कौरलाई कोरोना संक्रमण भएको छ ।
सामान्य लक्षण देखिएपछि उनले सोमबार कोरोना परीक्षण गरेकी थिइन् । मंगलबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनी हाल होम क्वारेन्टिनमा रहेको ट्विटरमार्फत् जानकारी गराएकी हुन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
भर्खरै सम्पन्न दक्षिण अफ्रिका विरुद्धको एक दिवसीय सिरिज खेल्ने क्रममा पाँचौं एकदिवसीय खेलमा घाइते भएकी हरमनले टि–२० सिरिज भने गुमाएकी थिइन् ।
यसअघि सचिन तेन्दुलकर, युसुफ पठान, इरफान पठान र सुब्रमन्यम बद्रीनाथ जस्ता स्टार भारतीय क्रिकेटरलाई पनि कोरोना संक्रमण भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।