महन्थको गुनासो : मधेसमा प्रजातन्त्र छ भन्छन्, तर हाम्रा मान्छे किन जेलमा छन्?
प्रधानमन्त्रीले आफ्ना माग पूरा गर्न लागेको दाबी

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसमा प्रजातन्त्र नै नभएको बताएका छन्। रिपोर्टर्स क्लबले मंगलबार गरेको कार्यक्रममा उनले  मुलुकमा सबैलाई प्रजातन्त्र छ भने मधेसकालाई मात्रै किन जेल हालिएको भन्दै प्रश्न गरेका छन्। 

'मधेशी र थारुहरु किन अहिलेसम्म किन जेलमा छन्?', उनले भने, 'संविधान संशोधनको कुरा आफूहरुको मात्रै नभएर देशकै माग हो।' 

अध्यक्ष ठाकुरले नागरिकताको समस्या मधेशको मात्रै नभएर देशकै भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएकै दिनदेखि सरकारमा आउनको लागि आग्रह गरेको सुनाए ।

तर, आफ्ना मागहरु पूरा नभएसम्म सरकारमा सहभागी नहुने उनले बताए। आज मात्रै पनि प्रधानमन्त्री ओलीका नजिकका मान्छेले आफूलाई भेटेको ठाकुरले बताए । आफूहरुले उठाएका माग पूरा गर्न अन्तिम तयारी भएको कुरा सुन्नमा बताउँदै उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए ।

ठाकुरले प्रधानमन्त्री ओलीसँग आफ्नो लगातार भेट भइरहे पनि ठोस सहमति नभएको जिकिर गरे । उनले प्रमुख दलहरु एकआपसमा नमिलेको पनि टिप्पणी गरे । ठाकुरले नेपालको राजनीतिमा अहिले स्थिरता नभएको पनि दाबी गरे ।





  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार १५:५०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया