आगामी विश्वकपका लागि भइरहेको एसिया छनौट अन्तर्गत जापानले मंगोलियामा माथि अकल्पनीय जित दर्ता गरेको छ । विश्वकप छनौटको मंगलबारको खेलमा जापानले मंगोलियालाई १४-० गोल अन्तरले पराजित गर्यो ।
फिफा विश्वकप छनौट अन्तर्गत एसियाको छनौटको खेलमा जापानले फराकिलो जित निकालेको हो । जापानले कुनैपनि गोल नखाएरै मंगोलियाको पोष्टमा १४ गोल गर्न सफल भयो ।
जापानको फुकुदा देन्सी एरिना रंगशालामा जापानलाई जित दिलाउन युया ओसाकोले ह्याट्रिक पूरा गरे । यस्तै शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले २÷२ गोल गरे ।
जापानका लागि ताकुमी मिनामिनो, दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले पनि १÷१ गोल गरे । मंगोलियाका तुयाले एक आत्मघाती गोल गरे ।
मंगोलियामाथिको जितसँगै समूह एफको जापानले ५ खेलमा १५ अंक जोडेको छ । शीर्ष स्थानको जापानले पाँच खेलमा शतप्रतिशत जित निकालेको छ । मंगोलिया ३ अंक जोडेर समूहको पुछारमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।