'खुवालुङको महत्व थाहा छ, यसमा कसैले राजनीति नगरौँ'

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङको विषयमा भ्रमकाे खेती गर्दै अनावश्यक राजनीति नगर्न आह्वान गरेका छन् । प्रदेश अथवा केन्द्र सरकारले खुवालुङको विषयमा कुनै निर्णय गरिनसकेको अवस्थामा भ्रम नफैल्याउन राईले अनुरोध गरेका हुन् । 

मंगलबार खुवालुङको निरीक्षण तथा अवलोकनका लागि सरोकारवाला टोली र विज्ञसहितको समूह पुगेका मुख्यमन्त्री राईले केन्द्र र प्रदेश दुवै सरकारले खुवालुङलाई सार्ने अथवा फुटाउने वा अन्य केही पनि निर्णय नगरेको भन्दै खुवालुङको नाममा भइरहेको राजनीति बन्द गर्न आह्वान गरेका हुन् । 

खुवालुङको विषयमा केही व्यक्तिले विगत केही समयदेखि अनावश्यक भ्रम सिर्जना गरी मानिसहरुलाई दिग्भ्रमित गर्ने काम गरिरहेको राईले बताएका छन् । सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री राईले त्यस्ता गतिविधिले आफूलाई दुःख लागेको लेखेका छन् । 

आफूलाई खुवालुङ र यस्ता धार्मिक एवं सांस्कृतिक सम्पदा अमूल्य सम्पत्ति भएको कुरा आफूहरुलाई पनि थाहा भएको मुख्यमन्त्री राईको भनाइ छ । यस्ता सम्पदालाई संरक्षण, सम्बर्द्धन एवम् प्रवर्द्धन गर्नु सबैको दायित्व भएको पनि उनको भनाइ छ । 

यसअघि, विभिन्न मिडियामा सप्तकोशी नदीको त्रिवेणी बीचमा रहेको ढुंगा (खुवालुङ) लाई सरकारले फुटाएर जहाज चलाउन लागेको समाचारहरु बाहिरिएका थिए । त्यसयता खुवालुङमाथि सरोकार राख्ने विभिन्न व्यक्ति तथा संस्थाहरुले उक्त विषयमा सरकारको विरोध गर्दै आएका छन् । 

सप्तकोशी नदीको त्रिवेणी बीचमा रहेको ढुंगा (खुवालुङ) को बारेमा सरोकारवाला पक्ष र विज्ञ सहितको टोली लिएर आज स्थलगत अध्ययन...

Posted by Sherdhan Rai on Tuesday, March 30, 2021




  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार ८:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया