आखिर किन चल्यो अजयले कुटाइ खाएको चर्चा ?

पछिल्ला केही दिनयता बलिउड अभिनेता अजय देवगण सामाजिक सञ्जालमा भाइरल छन् । उनी राम्रो काम गरेर भाइरल भइरहेका छैनन् । अजय झगडा र कुटाइका कारण चर्चामा आएका हुन् । 

एक भिडियोमा दावी गरिए अनुसार अजय दिल्लीको एक पव बाहिर झगडा भएको ठाउँमा पुगेका थिए । त्यहाँ मानिसहरुले उनलाई कुटेका थिए ।

अजयले कुटाइ खाएको भनिएको उक्त भिडियो भाइरल भएपछि उनले स्पष्टिकरण दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नै आफूले कुटाइ खाएको कुरा झुटो रहेको बताएका छन् ।

उनले लामो स्टाटस लेख्दै भनेका छन्, ‘म जस्तै देखिने मानिस समस्यामा परेका छन् । यो भिडियोलाई लिएर मलाई थुपै्र फोन आइरहेको छ । म स्पष्ट पार्न चाहान्छु कि मैले दिल्लीको यात्रा गरेको छैन । मेरो बारेमा चलिरहेको कुनैपनि विवादमा म समावेश छैन ।’ 

अजयका प्रवक्ताले पनि विगत १४ महिनादेखि अजय दिल्ली नगएको बताएका छन् । अहिले अजय मुम्बईमा चलचित्र ‘मैदान, मेडे र गंगुबाई काठियाबाडी’को सुटिङमा ब्यस्त रहेका छन् । 





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार ८:५६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया