नेपालमा पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ३ हजार ९१९ जनाको पिसिआर परीक्षण भएकोमा १६२ जनालाई पोजेटिभ देखिएको जानकारी दिए ।
सोही समयमा काठमाडौं उपत्यकामा मात्रै ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।
गौतमका अनुसार सोही अवधिमा ५९ जना संक्रमणमुक्त भएका छन् । आज थपिएकामा काठमाडौंमा ५०, ललितपुरमा १३ र भक्तपुरमा ४ जनालाई संक्रमण पुष्टि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।