निर्वाचन नगरी पद नछाड्ने अफगानिस्तानका राष्ट्रपतिको अडान

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तत्काल पद नछाड्ने अडान लिएका छन् । उनले निर्वाचन गरेर मात्रै पद त्याग्ने घोषणा गरेका छन्।  

ताजिकिस्तानमा भएको नवौँ हार्ट शिखर सम्मेलनमा बोल्दै उनले निर्वाचन गराएर पद त्याग्ने घोषणा गरेका हुन्। 

अमेरिकाले युद्धविरामका लागि अफगानिस्तानको वर्तमान सरकारलाई हटाउने प्रस्ताव गरेको थियो । 

नयाँ संविधान बन्नुभन्दा पहिला अन्तरिम सरकार गठन गर्ने अमेरिकाको प्रस्ताव उनले अस्वीकार गरेका हुन् । 

विद्रोही तालिबानले भने अन्तरिम संविधानले अफगानिस्तानको चुनौती समाधान गर्न नसक्ने बताउँदै आएको छ।





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १७:०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया