डोरमणि–अष्टलक्ष्मी सवाल–जवाफ
विगतका सबै नराम्रा कुरालाई बिर्सेर अघि बढौँ : पौडेल, एकताका लागि पार्टी अध्यक्षबाटै सच्चिनुपर्छ : शाक्य

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई बिर्सेर अगाडि बढ्न आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका पौडेलले विगतका सबै नराम्रा कुरालाई बिर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरुलाई आग्रह गरे । 

विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने भन्दै उनले सकारात्मक भएर अगाडि बढ्न सबैलाई आग्रह गरे ।  ‘अब सबै विगतलाई राम्रा कुराहरुलाई मात्रै राखौँ । जे जति भए ती सबै कुरालाई विर्सौं र त्यसरी जाने हो भने हामी सहज ढङ्गमा हामी गन्तव्यमा पुग्न सक्छौँ,’उनले भने, ‘फेरि तिनै विषयलाई उठाउने हो भने फेरि पनि समस्या आउन सक्छ ।’

नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीभित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताइन् । अहिलेको निषेधको राजनीतिले कम्युनिस्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको उनले बतान् ।  ‘तपाईं हाम्रै कारणले आज हामी कमजोर अवस्थामा पुगेका छौँ । हामी एक–अर्कामा निषेधको राजनीति गरिरहेका छौँ, नेतृ शाक्यले भनिन्, ‘कम्युनिस्ट पार्टीलाई एकताबद्ध र बलियो बनाएर होइन, आफैँ लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौँ ।’ 

त्यसो भएको हुनाले यतिबेला आत्मसमीक्षा गर्ने बेला आएको उनले बताइन् । यदि नेकपा एमाले बलियो बनाएर अगाडि बढनु छ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने सत्तामा भएको पार्टीले आफूलाई सच्याउनैपर्ने उनले बताइन् ।  उनले भनिन्, ‘हामी रुपान्तरित हुनै पर्छ । हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन ।’

नेतृ शाक्यले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि बताइन् । पार्टीमा निषेधको राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनी गर्नुपर्ने बताइन् । 





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १७:३७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया