सी डिभिजन लिग : चर्च ब्बाइज र झापा विजयी

सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत बुधबारका खेलमा चर्च ब्बाइज युनाइटेड क्लब र झापा फुटबल क्लबले जित दर्ता गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको दोस्रो खेलमा झापाले महावीर  क्लबमाथि १-० को कठिन जित निकालेको हो । 

खेलको ४५ औं मिनेटमा प्रमोद चौधरीले गरेको एक मात्र गोल झापालाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।

जितसँगै झापाले ५ खेलबाट ९ अंक जोड्दा पराजित महावीरको समान खेलबाट ४ अंक संगालेको छ ।

आजै भएको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले वीरगन्ज युनाइटेडलाई ३-१ ले पराजित गरेको छ ।

चर्च ब्वाइजका लागि सोम थापाले २ र आशिष चौधरीले १ गोल गर्दा वीरगन्जका सागर थारूले एक गोल फर्काए ।



जितसँगै चर्च ब्वाइजले ५ खेलबाट १३ अंक जोड्दा पराजित वीरगन्जको समान खेलबाट १० अंक छ ।



  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १८:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया