पर्साको ठोरी-चितवनको माडी सडकखण्डमा सवा अर्बका १२ पक्की पुल

हुलाकी सडक अन्तर्गत पर्साको ठोरीदेखि चितवनको माडीसम्मको सडकखण्डमा १२ वटा पुल द्रुतगतिमा निर्माण हुन थालेका छन्।

एक अर्ब १७ करोड ३१ लाख २७ हजार ४४२ को लागतमा ठोरी-माडी हुलाकी सडकखण्डमा १२ वटा पुल द्रुतगतिमा निर्माण हुन थालेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले जनाएको छ ।

ती पुल १० प्रतिशतदेखि ६५ प्रतिशतसम्म निर्माण सम्पन्न भइसकेको कार्यालयका सूचना अधिकारी सञ्जय कुमार ठाकुरले बताएका छन्। 

पर्साको ठोरीबाट चितवनको माडीसम्म रहेका रिउखोलाको पुलको लम्बाइ २५४ दशमलव ७५ मिटर, लम्बाइखोला १११ दशमलव १५ मिटर, घाघरखोला १२७ दशमलव एक मिटर, पतरी खोला ४१ दशमलव दुई मिटर, परवीखोला ९७ दशमलव एक मिटर, भालुखोला १७ दशमलव २ मिटर र टुनामुनाखोला ६४ दशमलव १५ मिटर छ। 
  
यसैगरी बाँदरमुडे खोला २६ दशमलव दुई मिटर, रतनीखोला २२ दशमलव २ मिटर, मुगइखोला ९७ दशमलव एक मिटर, चिताइखोला २७ दशमलव दुई मिटर र देवेन्द्रपुरबाट बगड बसपार्कसम्म सात दशमलव सात मिटर गरी जम्मा १२ वटा खोलामा पुल निर्माण भइरहेको छ ।

त्यो खोलामा पुल निर्माण भएपछि ग्रामीण क्षेत्रको सडक सञ्जाललाई सदरमुकाम वीरगन्जसँग जोड्नेछन् । ठोरी र माडीमा निर्माण भइरहेको पुल बनिसकेपछि पर्साका १४ स्थानीय तहका नागरिक चितवनसँग जोडिनेछन्। यसले सवारी साधन आवागमनमा सजिलो हुने विश्वास स्थानीयवासीले लिएका छन् ।

हुलाकी सडकअन्तर्गत ती पुल निर्माणपछि चितवन जिल्लामा उत्पादन हुने हरियो तरकारी, फलफूल र अन्‍न बालीलाई बजारीकरण गर्न सजिलो हुने  किसान विजय पण्डित बताउँछन्। 





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार २२:३२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया