लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपा एमालेका नेता शंकर पोखरेलले अहिलेको एमालेभित्रको विवादको मुख्य बिन्दु नवौँ महाधिवेशन भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले नवौँ महाधिवेशनमा माधव कुमार नेपाल अध्यक्षको उम्मेदवार बन्नु नै अहिलेको विवादको जड भएको बताए । उनले उक्त महाधिवेशनमा चुनाव हारेका नेपालका कारण अहिले पार्टीमा समस्या देखिएको बताए ।
मुख्यमन्त्री पोखरेलले बुटवल अधिवेशनबाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा बस्ने विधान बनाएको पनि स्मरण गरेका छन् । उनले विधानमा भएको व्यवस्था एमाले विवादका बेला उल्लेख गरेका हुन् ।
नवौँ महाधिवेशनमा नेता नेपाल विधानविपरीत अध्यक्षको उम्मेदवार बनेको पनि मुख्यमन्त्री पोखरेलको आरोप छ । उनले उक्त महाधिवेशनमा नेपाल चौथो पटक पार्टीको नेतृत्वका लागि उम्मेदवार बन्नुले नै अहिलेको समस्या आएको विश्लेषण गरेका छन् ।
नवौँ महाधिवेशनमा अध्यक्षका लागि भएको मतदानमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई पराजित गरेका थिए । अहिले पार्टीको विवादमा मुख्य कुरा नै त्यही हार भएको नेता पोखरेलको भनाइ छ ।
वुटवल अधिवेशनवाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा वस्ने विधान बनाइयो । तर नवौ अधिवेशनमा माधव कमरेड आफै चौथो...
Posted by Shankar Pokhrel on Thursday, April 1, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।