विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईँलाई नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा हुमागाईँलाई नियुक्त गरेको
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा हुमागाईं चार वर्षका लागि विज्ञान बोर्डको अध्यक्ष नियुक्त भएका हुन् । उनी खुल्ला प्रतिस्पर्धाबाट उत्कृष्ठ तीनमा छानिएका थिए ।
बोर्डको अध्यक्षको नियुक्ति पाएका हुमागाईँ यसअघि नेपाल टेलिभिजनको अध्यक्ष नियुक्त भइसकेका व्यक्ति हुन् । बोर्डका सदस्यहरू यसअघि नै मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भइसकेका छन् ।
अध्यक्षको नियुक्तिसँगै विज्ञापन बोर्डले अब पूर्णता पाएको छ । क्लिन फिड लागू गर्ने तथा विज्ञापनको समानुपातिक वितरण गर्ने लगायतका जिम्मेवारी बोर्डसँग रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।