भारतमा एकै दिन ३६ लाख नागरिकलाई कोरोना खोप
अहिलेसम्म ६ करोड ८८ लाखले लगाए

भारतमा शुक्रवार एकै दिन अहिलेसम्मकै धेरै ३६ लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। पछिल्लो २४ घण्टामा देश भरमा ३६ लाख भन्दा धेरै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका हुन्। 

एक दिनमा भ्याक्सिन लगाउने नागरिकको संख्या अहिलेसम्मकै धेरै हो। स्वास्थ्य मन्त्रालयका अनुसार ७६ दिनदेखि जारी अभियानका क्रममा अप्रिल १ तारिखमा मात्रै ३६ लाख ७१ हजार नागरिकलाई खोप दिइएको छ। यिनमा ३३ लाख ६५ हजार नागरिकले पहिलो र ३ लाख ५ हजार नागरिकले कोरोनाको दोस्रो डोज खोप लगाएका हुन्। 

समाचार अनुसार अहिलेसम्म देशका ५८ प्रतिशत खोप ८ वटा राज्यमा लगाइएको छ। यिनमा महाराष्ट्रको हिस्सा ९ दशमलव ४८ प्रतिशत छ। यहाँ ६५ लाख भन्दा धेरै नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। 

यसैबीच ८ राज्य महाराष्ट्र, छत्तिसगढ, कर्नाटक, पञ्जाब, तमिलनाडू, केरल, दिल्ली र उत्तर प्रदेशमा कोरोनाका नयाँ केस तीव्र गतिमा बढेका छन्। देशभर भेटिएकामध्ये यी राज्यमा मात्रै ८१ प्रतिशत संक्रमित सार्वजनिक भएका छन्। 

यस्तो छ हिसाब 

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बिहान ७ बजेसम्म देशभर ६ करोड ८८ लाख डोज कोरोना खोप लगाइएको छ। यिनमा ८८ लाख ६ हजार स्वास्थ्यकर्मीले पहिलो र ५२ लाख ८४ हजार स्वास्थ्यकर्मीले दोस्रो डोज लगाइसकेका छन्। अर्कातिर अग्रपंक्तिका कामदारले ९३ लाख ५३ हजार डोज पहिलो र ४० लाख ९७ हजार दोस्रो डोज खोप लगाएका छन्। 



४५ वर्षमाथिका ९७ लाख ८३ हजारलाई पहिलो डोज र ३९ हजारलाई दोस्रो डोज लगाएका छन्। ६० वर्षमाथिकालाई ३ करोड १७ लाख र २ करोड १८ लाखले दोस्रो डोज लगाइसकेका छन्। 



  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार २१:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया