म्यानमार सैन्य कूः भारतले त्यहाँबाट आउनेलाई 'शरण' दिने

म्यानमारमा पछिल्ला दिनमा सैन्य कू भएपछि त्यहाँबाट भारत छिर्नेहरुलाई भारत सरकारले खाने व्यवस्था गर्ने भएको छ । साथै, भारत सरकारले औषधोउपचार पनि गर्ने भएको छ । 

त्यहाँबाट आउनेहरुलाई आफूहरुले यो व्यवस्था गरे पनि अवैध घुसपैठलाई चाहिँ प्रोत्साहन नगर्ने भारतीय गृहमन्त्री अमित शाहले बताएका छन् । 

उनले एक टिभी च्यानलमा दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

‘हामी उनीहरुको सहयोग गर्न चाहन्छौँ,’ उनले भनेका छन्, ‘उनीहरु चाहन्छन् भने रासन तथा मेडिकल सप्लाई पनि गर्न तयार छौँ ।’
 





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार ६:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया