कांग्रेसले जस्तै प्रस्ट निर्णय क्षमता देखाउन बाबुरामलाई विश्वप्रकाशको सुझाव

जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार गठन सम्बन्धमा पार्टीभित्र प्रस्ट निर्णय गराउन सुझाब दिएका छन्।

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनको अगुवाइ गर्ने निर्णय गरेको विषयलाई भट्टराईले शनिबार बिहान ट्विटरमार्फत स्वागत गरेका थिए । डा. भट्टराईले कांग्रेसले प्रतिपक्षको धर्म निर्वाह गर्ने संकेत देखाएको भन्दै प्रशंसा पनि गरेका थिए।

कांग्रेस प्रवक्ता शर्माले पनि ट्विटरमार्फत आफ्नो पार्टीले संकेत मात्र होइन, प्रस्ट निर्णय गरेको उल्लेख गर्दै बरु जसपामा पनि यस्तै निर्णय गर्ने क्षमता देखाउन डा. भट्टराईलाई सुझाब दिएका हुन्।

शर्माले भनेका छन्, ‘संकेत होइन, श्रद्धेय डा. बाबुराम भट्टराईज्यू, प्रस्ट निर्णय गरेका छौँ, कांग्रेसको प्रशंसा गर्नुभयो, धन्यवाद छ, अब कांग्रेसले जस्तै एकताबद्ध र प्रस्ट निर्णय जसपामा गर्ने क्षमता प्रस्तुत गर्नोस्, तब बन्नेछ नयाँ समीकरण !’

शर्माले डा. भट्टराईलाई थप सुझाब दिँदै लेखेका छन्, ‘ट्विटर मन्थन केही दिनलाई यतिमै छाडेर आन्तरिक अभ्यासमा लाग्ने कि कमरेड ?’





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १९:१३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया