महन्थलाई प्रचण्डको सुझाव : ओलीसँग धेरै नटाँसिनु, उनले मधेसीलाई अधिकार दिँदैनन्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग धेरै नटाँसिन आग्रह गरेका छन्  । 

कपिलवस्तुको तौलिहवामा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा दाहालले आफूहरूसँग नयाँ सरकारमा जान ठाकुरलाई आग्रह गरे ।

दाहालले भने,  ‘केपी ओली मधेसी र मुस्लिमका हकअधिकार दिन चाहँदैनन्, त्यही भएर महन्थ ठाकुरलाई नयाँ मोर्चामा सामेल हुन सुझाएको हुँ ।’ 

सरकार गठनका लागि नयाँ परिस्थिति बनेको र यसबारे घनीभूत छलफल सुरु भएको उल्लेख गर्दै उनले सम्भवतः छिट्टै नयाँ सरकार बन्ने बताए । 
 





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार २१:५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया