सरकारका प्रवक्ताले भने : निर्वाचन मिति छिट्टै घोषणा हुन सक्छ, तयारी थाल्नुस्

सरकारबाहिरका राजनीतिक पार्टीहरु नयाँ सरकार गठनको पहलमा जुटिरहेका बेला सरकारका प्रवक्ता पार्वत गुरुङले निर्वाचनको मिति छिट्टै घोषणा हुने बताएका छन् ।

आइतबार दोलखाको कालिञ्चोकस्थित सित्का माध्यामिक विद्यालयको ५८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे । 

मुलुकको समृद्धि र विकासका लागि सरकारले उल्लेख्य काम गरेको दाबी गर्दै मन्त्री गुरुङले निर्वाचनमा जान एमाले नडराउने बताए । गुरुङले भने, ‘निर्वाचनको मिति छिट्टै घोषणा हुनसक्छ, त्यसको तयारीमा जुट्नुस् ।’

मन्त्री गुरुङले एक वर्षभित्र स्थानीय तहको निर्वाचन पनि हुन सक्ने बताउँदै उनले जनताको बीचमा राम्रो काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे । 

मन्त्री गुरुङले दोलखालाई शैक्षिक हबको रुपमा विकास गर्न सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सो समारोहमा मन्त्री गुरुङले विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरे । 





  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार २०:४१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया