पाँच सय पचासजना विद्यार्थीलाई पाकिस्तानी दूतावासले दियो छात्रवृत्ति

नेपालस्थित पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । 

दूतावासले सोमबार एक कार्यक्रमको आयोजना गरी पाँच सय पचासजना विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो । 

नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेका जेहेनदार विद्यार्थीहरुलाई प्रतिविद्यार्थी १० हजारको दरले छात्रवृत्ति हस्तान्तरण गरिएको छ । 

विद्यार्थीको पढाइमा सघाउ पुगोस् भनेर दूतावासले हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ । 

कार्यक्रममा राजदूत सैयद हैदर साहले छात्रवृत्ति कार्यक्रमले नेपाल र पाकिस्तानी सरकारको सम्बन्ध जनताको तहमा पुग्ने विश्वास लिइएको बताए । 





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १९:१७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया