नेपालले साफ च्याम्पियन्ससिप जित्ने विश्वास छ : अब्दुल्लाह अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले विश्ककप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको तेस्रो चरणमा पुग्ने तथा साफ च्याम्पियन्ससिप जित्ने विश्वास लिएको बताएका छन् । 

बालगोपाल महर्जनको स्थानमा चैत २२ गते मुख्य प्रशिक्षक नियुक्त भएका अलमुताइरीले एन्फा पदाधिकारीसँगको कुराकानीका क्रममा यस्तो विश्वास व्यक्त गरेका हुन् । 

३९ वर्षीय कुवेती प्रशिक्षकले दक्षिण एसियाली राष्ट्रहरूमा खासै ठूलो अन्तर नरहेकाले नेपालले सेप्टेम्बरमा हुने साफ च्याम्पियन्ससिप जित्न सक्ने बताए ।

‘हामीले ४–३–३ को पोजिसनमा निकै सुन्दर खेल्दै आएका छौँ’, अलमुताइरीले भने, ‘अबको हाम्रो लक्ष्य विश्वकप तथा एसिया कपको तेस्रो चरणमा पुग्नु र साफ च्याम्पियन्ससिप जित्नु हो ।’

विश्वकप तथा एसियाकप संयुक्त छनोटको समूह ‘बी’ मा रहेको नेपाल ५ खेलबाट ४ हार र १ जितको नतिजासहित ३ अंकका साथ चौथो स्थानमा छ । नेपालले ३ खेल खेल्न बाँकी छ । 

‘जित वा हारमा मेरै जिम्मेवारी रहनेछ तर परिवर्तन एकै रातमा हुने होइन यसका लागि केही समय लाग्छ’, अलमुताइरीले भने, ‘नेपाली टिममा निकै प्रतिभावान खेलाडी छन् र उनीहरूले समर्थकलाई खुसी बनाउन सक्नेछन् ।’





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १५:५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया