जबर्जस्ती करणी अभियोगमा पक्राउ

नुवाकोटमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । 

विदुर नगरपालिका–५ देविघाटमा डेरा गरी बस्ने गोरखा भीमसेन गाउपालिका–६ अश्राङ झिँगटे घर भएका ४७ वर्षीय कलमदिन मियाँलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

ती किशोरीलाई देविघाटस्थित टहरोभित्र जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार २०:४१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया