कोरोना संकट : दोस्रो डोज खोप लगाएका १८७ स्वास्थ्यकर्मी फेरि संक्रमित

कोरोना भाइरस महामारीविरुद्ध भारतमा तीव्र गतिमा खोप अभियान चलिरहेका बेला बिहारको राजधानी पटनाबाट चकित बनाउने खबर आएको छ।

समाचार अनुसार पटनमा कोरोनाविरुद्धको भ्याक्सिनको दोस्रो डोज पनि लगाएको एक महिनापछि १८७ जना स्वास्थ्यकर्मी फेरि संक्रमित भएका छन्। 

पटनाका जिल्लाधिकारी डा. चन्द्रशेखरका अनुसार १८७ स्वास्थ्यकर्मी संक्रमित भएको पुष्टि भएपछि खोप लगाउने अन्यलाई पनि स्वास्थ्य सतर्कता अपनाउन भनिएको छ।

जानकारी अनुसार पटनामा संक्रमित पाइएका १८७ स्वास्थ्यकर्मीलाई पहिलो डोज भ्याक्सिन दिएको एक महिनापछि दोस्रो डोज पनि दिइएको थियो। 

नियमानुसार दोस्रो डोज भ्याक्सिन लगाइसकेपछि पनि यी स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण हुनु एकदमै चिन्ताजनक भनिएको छ।

यसअघि पटना मेडिकल कलेजसँगै भ्याक्सिन लगाएका नालन्दा मेडिकल कलेज एन्ड शिक्षण अस्पतालका तीन चिकित्सक र दुई नर्सको रिपोर्ट पनि पोजेटिभ आएको थियो। 



यसअघि पनि कोरोनाको दोस्रो डोज लगाएका नालन्दा मेडिकल कलेजका दुई छात्र कोरोना संक्रमित पाइएका थिए। यसका अलावा जिल्ला स्वास्थ्य समितिकी एक महिला कर्मचारी पनि कोरोना पोजेटिभ पाइएकी थिइन्। उनले गत ८ मार्चमा कोरोनाको दोस्रो डोज खोप लगाएकी थिइन्। 



  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार २२:२९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया