भारतमा कोरोनाको गति बढ्यो : एकै दिन थप एक लाखभन्दा बढीमा संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा १ लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। एएनआइले उल्लेख गरे अनुसार एकैदिन १ लाख १५ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै भारतमा कुल संक्रमितको संख्या १ करोड २८ लाख १ हजार ७८५ पुगेको छ।

यस्तै, संक्रमणका कारण थप  ६३० जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कोभिड १९ संक्रमणका कारण १ लाख ६६ हजार १७७ जनाको मृत्यु भइसकेको छ।

करिब एक महिनायता भारतमा संक्रमणको गति बढ्दै गइरहेको छ। त्यसैले विभिन्न राज्यहरुले लकडाउन, कर्फ्यु लगायतका प्रतिबन्धहरु लगाउन सुरु गरिरहेका छन्। बुधबार बिहानसम्म भारतमा ८ लाख ४३ हजार ४७३ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

भारतमा संक्रमणको दर बढ्दै जाँदा भ्याक्सिन लगाउने कार्य पनि बढेको छ। भारतमा ८ करोड ७० लाख ७७ हजार ४७४ जनाले भ्याक्सिन लगाइसकेका छन्।





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १२:५२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया