नवीन्द्रराज जोशी निष्ठा र नैतिकताको प्रतीक : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवीन्द्रराज जोशीको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको बताएका छन्।

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले बुधबार जोशीको १३औँ पुण्यतिथिका दिन राष्ट्रिय सभागृहमा आयोजना गरेको श्रद्धाञ्‍जलिसभामा बोल्दै वरिष्ठ नेता पौडेलले कर्म र विचारको संयोग भएका उदीयमान नेताको निधनले कांग्रेसलाई अपूरणीय क्षति भएको बताएका हुन्।

‘नवीन्द्रराज जोशीको बारेमा हामी सबैलाई थाहा छ, एउटा लोकप्रिय नेता, अत्यन्त लोकप्रिय नेता, विचारवान् नेता, विचारशील नेता र कार्मशील नेता हुनुहुन्थ्यो। विचारमात्र होइन, कर्म र विचार दुईवटैको संयोग, इमान्दारी मात्र होइन, योग्यता र इमान्दारी दुईवटैको संयोग नवीन्द्रराज जोशी। एक होनहार, उदीयमान नेता आज नेपाली कांग्रेसले गुमाएको छ,’ उनले भने ‘यो घडीलाई हामी सम्पूर्ण कांग्रेसजन, नेपालका लोकतन्त्रवादीहरु र नवीन्द्रजीका सबै शुभचिन्तक, परिवारजनदेखि समस्त नेपालका सचेत नागरिकले अत्यन्त ठूलो क्षतिको रुपमा लिएका छन्।’

नेता जोशीले मन्त्री हुँदा वा लोकतान्त्रिक आन्दोलनको जुनसुकै बेला पनि कसैसँग सम्झौता नगरी लड्दै आएको कुरा पनि वरिष्ठ नेता पौडेलले स्मरण गरे। 

अनुचित किसिमका सम्झौता जतिसुकै दबाब परे पनि स्वीकार नगरी देश र जनताको सेवामा खटिने निष्ठा र नैतिकताको प्रतीकको रुपमा उनले स्वर्गीय नेता जोशीलाई चित्रण गरे।





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १८:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया