राष्ट्रिय जनमोर्चाको चौथो सम्मेलन : चित्रबहादुर केसी पुनः अध्यक्ष

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट चित्रबहादुर केसी पुनः अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबार बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट ४७ केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

राष्ट्रिय जनमोर्चाका अनुसार केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएकाा हुन् । 

सम्मेलनबाट कार्यबाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट, प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा दुर्गा पौडेल निर्वाचित भएका छन् । सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन्। 

केन्द्रीय सदस्यमा शंकर बराल, लालबहादुर थापा, कृष्ण बहादुर खड्का, कमला जिसी, कल्याणी श्रेष्ठ, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्बर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, राजेन्द्र ढुङ्गाना, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, इन्दिरा ज्ञवाली निर्वाचित भएका छन् ।

त्यसैगरी यमलाल पोखरेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, देवी शर्मा, लीलादेवी शर्मा, दिलबहादुर दर्जी, चन्द्रा परियार, भागिरथ भट्टराई, दीपक पाण्डे, पद्मा पण्डित, नारायण जिसी, रामकुमार क्षेत्री, गिरीप्रसाद बुडा, गौरीश्वर पाण्डे, धर्मानन्द सुवेदी, चिन्तामणि पौडेल, हेमकुमार गुरुङ, अमृत पाण्डे, गणेश आचार्य, कमलविक्रम शाही, उदय नारायण चौधरी र सुवर्णविक्रम थापा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार २०:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया