एनआरएन नेता नेपालीलाई नै ठगेर पोर्चुगलबाट बेपत्ता, घरजग्गा रोक्का गर्न माग

काठमाडौं : पोर्चुगलमा बस्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का एकजना नेता नेपाली समुदायकै करोडौं रुपैयाँ ठगेर बेपत्ता भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजंग कुँवर नेपालीकै करोडौं ठगेर गायब भएका हुन्। 

उनी नेपालीलाई ठगेर गायब भएपछि एनआरएनएले जिम्मेवारीबाट निलम्बित गरिसकेको छ। यसैबीच पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा बसेको  सर्वपक्षीय भेलाले कुँवरको घर जग्गा रोक्का गराउन परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय लिएको छ।

कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको पुष्टि भएको थियो। उक्त समाचार आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदूतावासमा गुनासो गर्न सयौँ नेपाली पुगेका थिए।  

दुवै दूतावासमा हालसम्म एक सय ५० भन्दा बढी पीडित नेपालीहरु आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जानकारी दिएको छ।

यही बुधबार भएको सर्वपक्षीय भेलाले सामाजिक संस्थाको जिम्मेवार पदमा बसेका व्यक्तिले यति ठूलो बदमासी गर्नु निकै दुःखद भएको निचोड निकालेको छ। कुँवर अझै पनि सम्पर्क बाहिर नै छन्। 

नेपाली समुदायलाई ठगेको सूचना सार्वजनिक भएपछि पोर्चुगलका नेपाली सामाजिक संस्थाले चर्को विरोध गरिरहेका छन्। उनीहरूले आरोपितलाई कुँवरलाई कारवाही र पीडितलाई न्याय दिन एनआरएनए पोर्चुगल, अवैतनिक महावाणिज्यदूत र नेपाली राजदूतावास फ्रान्सको ध्यानाकर्षण गर्दै विज्ञप्ति प्रकाशित गरेका थिए।
 निकालेका थिए ।





  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १२:६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया