बेलायतका राजकुमार फिलिपको ९९ वर्षमा निधन

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका पति प्रिन्स फिलिपको ९९ वर्षमा निधन भएको छ। बेलायतस्थित बकिङ्घम प्यालेसले उनको शुक्रबार निधन भएको पुष्टि गरेको छ।

राजकुमार फिलिप र राजकुमारी एलिजाबेथको बिहे सन् १९४७ मा भएको थियो। त्यसको पाँच वर्षपछि सन् १९५२ मा राजकुमारी एलिजाबेथ महारानी बनेकी थिइन्। 

बकिङ्घम प्यालेसले विज्ञप्ति जारी गर्दै भनेको छ, 'धेरै दु:खका साथ महारानीले आफ्ना पति हिज रोयल हाइनेस द प्रिन्स फिलिप, ड्यूक अफ एडिनबराको निधनको घोषणा गरेकी छन्। प्रिन्स फिलिपले विन्डसर क्यासेलमा आज (शुक्रवार) बिहानअन्तिम श्वास लिएका छन्।'

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भने, 'राजकुमार फिलिपले सधैँ युवाहरुको जीवनलाई प्रेरित गरिरहे।'

प्रधानमन्त्रीले आफ्नो कार्यालयमा कुरा गर्दै भने, 'उनले शाही परिवार र राजतन्त्रलाई यसरी दिशा दिए जसले शाही परिवार हाम्रो राष्ट्रिय जीवनको खुसीमा सन्तुलन बनाइराख्न निर्विवाद रूपमा एक अत्यन्त महत्वपूर्ण संस्था बनिरह्यो।'
 

 





  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १७:२९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया