आइपिएल क्रिकेट : चेन्नई र दिल्ली भिड्दै

१४औँ संस्करणको इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटअन्तर्गत शनिबारको खेलमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । 

खेल मुम्बईस्थित वांखडे क्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । 

चेन्नई महेन्द्रसिंह धोनी र दिल्ली ऋषभ पन्तको कप्तानीमा मैदानमा उत्रिँदैछन् । ऋषभले पहिलोपटक दिल्लीको कप्तानी सम्हाल्दैछन् ।  

चेन्नईलाई आज धोनीसहित फाफ डुप्लेसिस, सुरेश रैना, रविन्द्र जडेजा, इम्रान ताहिर जस्ता खेलाडीको साथ रहने छ । 

आजको खेलमा आफ्ना मुख्य बलर कागिसो रबाडा र एनरिच नोत्जेबिना मैदानमा उत्रिने दिल्लीलाई ऋषभ सहित शिखर धवन, मार्कस स्टोनिस, अजिन्क्या राहणे, रविचन्द्रन आश्विन जस्ता खेलाडीको साथ रहने छ । 

हालसम्म यी दुई टोली २३ खेलमा आमनेसामने हुँदा चेन्नईले १५ र दिल्लीले ८ खेल आफ्नो पक्षमा पारेका छन् । 



पछिल्ला पाँच खेलमा पनि चेन्नई बलियो स्थितिमा देखिन्छ । उसले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल गुमाएको छ । 

गत संस्करणमा भएका दुई भेटमा भने दुवै खेल दिल्लीले आफ्नो पक्षमा पारेको थियो । 



  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार ११:४५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया