वैशाख १ गते वितरण हुने विभूषणमा नेपालको नयाँ नक्सा

शुक्रबार राष्ट्रपतिले वितरण गरेको विभूषणमा नेपालको नयाँ नक्सा नभएको भन्दै सर्वत्र विरोध भएपछि गृह मन्त्रालयले यसबारे स्पष्टीकरण दिएको छ । 

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख १ गते हुने सुशोभन समारोहमा वितरण गरिने विभूषणमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा नै राखिने स्पष्ट पारेको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा शुक्रबार वितरित विभूषण गत वैशाखमा वितरण गर्नका लागि तयार पारिएको, तर कोरोना महामारीका कारण ढिला भएको प्रस्ट पारिएको छ । 





  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार १८:२३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया