आइपिएल क्रिकेट : कोलकाता र हैदराबाद भिड्दै

इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेट अन्तर्गत आइतबारको खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्दै छन् ।
 
१४औँ संस्करणको प्रतियोगिताको तेस्रो खेल चेन्नईस्थित चिदम्बरम क्रिकेट मैदानमा नेपाली समय अनुसार राती पौने ८ बजे हुने छ ।
 
कोलकाता इयन मोर्गन र हैदराबाद डेविड वार्नरको कप्तानीमा मैदानमा उत्रिँदैछन् । 

कोलकातालाई आज मोर्गनसहित सकिव अल हसन, आन्द्रे रसेल, प्रसिद्ध कृष्णा, सुनिल नारायण, हरभजन सिंह जस्ता खेलाडीको साथ रहने छ ।

हैदराबाद वार्नरसहित, जोनी बेरिस्टो, केन विलियम्सन, भुवनेश्वर कुमार, टि नटराजन, राशिद खान जस्ता खेलाडीको साथमा मैदान उत्रिने छ । 

हालसम्म यी दुई टोली १९ खेलमा आमनेसामने हुँदा कोलकाताले १२ र हैदराबादले ७ खेल आफ्नो पक्षमा पारेका छन् । 

पछिल्ला पाँच खेलमा पनि कोलकाता बलियो स्थितिमा देखिन्छ । उसले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल गुमाएको छ । गत संस्करणको दुई भेटमा दुवै खेल कोलकाताले आफ्नो पक्षमा पारेको थियो । 





  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार ११:२१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया