प्रकाशमानको गुनासो : सरकारले किसुनजीको सम्मान गरेन, ओलीले मेलम्ची ल्याएको फुर्ती लगाए

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले जनता झुक्याइरहेको आरोप लगाएका छन्। 

असंवैधानिक  कदम चालेका प्रधानमन्त्रीले सर्वोच्च अदालतबाट संसद पुन:स्थापना भएपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने गरी अघि बढेको पनि आरोप लगाए। उनले संसदीय व्यवस्था नै गलत हो भनेर जनतामा भ्रम स्थापित गराउने अभियानमा ओली लागेको पनि उनले बताएका छन्। 

'संसदमा उभिएर आफ्नो प्रयास सकारात्मक थियो या  संसद विगठन जायज भनेर स्पष्टीकरण दिन चुनाैती दिन्छु', नेपाल दलित संघको आयोजनामा आज  काठमाडौँमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले भने, 'विभिन्‍न बहाना गरेर संसद छलिरहेका छन्। संसदको आवश्यकता नै छैन भन्दै  हिँड्नु आपत्तिजनक छ। प्रधानमन्त्रीले संसदमा उपस्थित भएर देखाउन्।'

सिंहले देशमा विकास भयो भनेर यो सरकारले जनतालाई झुक्याउने गरेको पनि आरोप लगाएका छन्। 'यो सरकारले देश र जनतालाई झुक्याइरहेको छ', उनले भने, नभएको विकास भयो भनेर जनताको मत र विश्वासमाथि खोलवाड गरि रहेको छ।'

नेता सिंहले कम्युनिस्टहरूको 'मुखमा रामराम बगलीमा छुरा' हुने गरेको पनि आरोप लगाए। 'कम्युनिष्टले मुखले धेरै नै काम गरेको भनिरहेका छन्', उनले थपे, 'तर वास्तविकतामा त्यो हुँदै होइन।'

देशलाई संकट पर्दा नेपाली कांग्रेसले सधैँ जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिलाउन पनि कांग्रेस नेतृत्वको सरकार निर्माण प्रयास भइरहेको  बताए। 'यो कदम कांग्रेसको रहर नभइ मुलुकलाई निकास दिन चालिएको बाध्यात्मक परिस्थितिको उपज हो', उनले भने।



सिंहले सरकार भ्रष्टाचारमा पूरै लिप्त भएको बताए। 'सरकार पूर्णतः असफल भइसक्यो, भष्ट्राचारका लिप्त छ', उनले थपे, 'यस्तो  सरकारबाट देश र जनताको हितमा काम होला भनेर आश गरे कुनै ठाउँ छैन।'

मेलम्चीमा गुनासो



नेता सिंहले मेलम्चीको पानी ल्याउने योजनाकार सन्त नेता कृष्णप्रसाद भट्टराईको पनि सरकारले अपमान गरेको बताए।

'सन्त नेता  किसुनजीको सपना र योजनामा  मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास भएको थियो', उनले  थपे, 'यो कुरा दुनियाँ लाई थाहा छ। यो सरकारले किसुनजीलाई  त गरेन नै ओली आफैँले मेलम्ची काठमाडौं ल्याए भनेर फुर्ती लगाउने गरेको देख्दा अचम्म लागेको छ।'
 

  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १२:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया