बीआर चोपडाले निर्देशन गरेको ‘महाभारत’मा इन्द्र देवताको भूमिकामा देखिएका अभिनेता सतिश कौलको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भए पनि स्वास्थ्य अवस्था भने सुधारोन्मुख नै थियो । बिहान ठिक छु भनेका कौलको दिउँसो निधन भएको उनकी बहिनी सुष्माले बताएकी छन् ।
३ सयभन्दा धेरै पञ्जाबी र हिन्दी फिल्ममा अभिनय गरेका कौलको लकडाउनका कारण आर्थिक अवस्था नाजुक बनेको थियो । केही समय अघि मात्रै भएको कुराकानीमा उनले आफ्नो आर्थिक अवस्था नाजुक भएको बताएको उनकी बहिनी सुष्माले बताएकी छन् ।
कम्मरको हड्डी भाँच्चिएपछि उनले झण्डै २ वर्ष अस्पतालको बेडमा बिताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।