सरकारी रणनीति : पूर्वलडाकू र घाइतेलाई खोजी-खोजी ‘लोकतान्त्रिक योद्धा’ सम्मान

सरकारले १० वर्ष सशस्त्र द्वन्द्व लडेका पूर्वलडाकू र घाइतेलाई खोजी–खोजी सम्मान दिने भएको छ । माओवादी कार्यकर्तालाई सत्तारुढ दलप्रति आकर्षित गर्न यो रणनीति तय भएको हो । 

गत ५ गते मन्त्रिपरिषद बैठकले ‘लोकतान्त्रिक योद्धा’ सम्मान दिने निर्णय गरेको छ । सशस्त्र द्वन्द्वका तत्कालीन कमाण्डर गृहमन्त्री रामबहादुर थापा ‘बादल’को योजनामा गृह मन्त्रालयले पूर्वलडाकु र घाइतेलाई ‘लोकतान्त्रिक योद्धा’ सम्मान दिन लागेको हो ।

माओवादीका कार्यकर्तालाई एमालेमा प्रवेश गराउनका लागि उनीहरुलाई खोजी–खोजी सम्मान गर्ने अभियान सुरु गरिएको भन्दै सरकारको आलोचना सुरु भएको छ । 

सरकारले त्यसका निम्ति सरकारी संरचना प्रयोग गरी तथ्यांक संकलनको काम पनि सुरु गरेको छ । सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका पूर्वलडाकुलाई प्रमुख जिल्ला अधिकारीमार्फत तथ्यांक संकलन गरी गृह मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाउन निर्देशन दिइएको छ । 





  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार २०:५८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया