इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र पञ्जाब किंग्सले एक अर्काको सामना गर्दैछन् ।
खेल मुम्बईस्थित वांखडे क्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने छ ।
राजस्थान सञ्जु सामसन र पञ्जाब केएल राहुलको कप्तानीमा मैदानमा उत्रँदैछन् ।
राजस्थानलाई जोफ्रा आर्चर, बेन स्टोक्स, राहुल तेवाटिया, जोस बटलर, क्रिस मोरिस जस्ता खेलाडीको साथ रहने छ ।
पञ्जाबले पनि क्रिस गेल, मायंक अग्रवाल, निकोलस पुरन, मोहम्मद सामी, क्रिस जोर्डन जस्ता खेलाडीको साथ पाउने छ ।
हालसम्म यी दुई टोली २१ खेलमा आमने सामने हुँदा राजस्थानले १२ र पञ्जाबले ९ खेल आफ्नो पक्षमा पारेकाे छ।
पछिल्ला पाँच खेललाई हेर्दा पञ्जाब बलियो स्थितिमा देखिन्छ । उसले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल गुमाएको छ ।
गत संस्करणका दुई भेटमा भने दुवै खेल राजस्थानले आफ्नो पक्षमा पारेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।