शकुनीले झैँ संसद विघटनको पासा नफाल्न गिरिको सुझाब
फरकधार / ३० चैत, २०७७

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले दोस्रोपटक पनि संसद भंग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्रीको  ध्यानाकर्षण गराएका छन् । 



प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले शकुनीले जसरी दोस्रोपटक पासा फाल्ने काम नगर्न प्रधामन्त्रीलाई आग्रह गरे । संसदलाई पूरा कार्यकाल काम गर्न दिने अवस्था सिर्जना गर्न आग्रह गर्दै उनले भने, राष्ट्रिय नीतिलाई आफ्नो तजबीजको कुरा नमानी संसदका प्रत्येक पार्टी र  नागरिक समाजका सवाललाई सम्बोधन गर्न आग्रह गरे । 

उनले भने, ‘शकुनीले दुईपटक पासा फ्याँकेका थिए । एकपटकको पासाले द्रौपदीको प्रतिउत्तर निरस्त्र गरेको थियो । दुवारा पासा फ्याँकेर फेरि पाण्डवलाई जंगल पठाएजस्तो संसद विघटन गर्ने दिशामा कृपया नगइदिनोस् ।’



शनिबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदको अंकगणितलाई आफ्नो स्वार्थअनुकुल प्रयोग गर्न खोजिए ‘शकुनीका गोटी’ नै फ्याँक्ने बताएका थिए । 
 
मुख्यतः प्रधानमन्त्रीका कारण संकट आएको र संकट एक दिनमा आएको नभएर क्रमशः आएको बताउँदै उनले मुलुकलाई यो अवस्थामा पुर्याउनका लागि सबै दोषी रहेको बताए । उनले भने, ‘म दोषी छु । संसदका हामी सबै दोषी छौँ । ठण्डा दिमागले हामी सबैले सोचौँ, किन हामी यहाँ आइपुग्यौँ ? 



उनले २०४७ सालको जस्तो संविधान वा चुच्चे नक्साजस्तो अवस्था संविधानको नबनाउन ध्यानाकर्षण गराए । 

  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १६:५४:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया