एक सातादेखि प्रत्येक दिन लगातार कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको नेपालमा सोमबार ५५९ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ३७८ जनाको पिसिआर परीक्षण गर्दा ४९६ जनामा कोरोना पुष्टि भएको हो । यही समयमा ७२७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना देखिएको छ ।
सोही अवधिमा १३८ जना कोरोनामुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।