आइपिएल क्रिकेट : पन्जाबसँग राजस्थान पराजित

इण्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । गएरातिको खेलमा सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित निकाल्दै पन्जाबले सुखद सुरुआत गरेको हो । 

मुम्बईमा भएको खेलमा पन्जाबले हैदराबादलाई ४ रनले पराजित गर्यो । हैदराबादका कप्तान सञ्जु सामसनले शतकीय पारी खेलेपनि टोलीलाई हारबाट बचाउँन सकेनन् । 

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा २२१ रन बनायो । उसका लागि कप्तान लोकेस राहुल र दीपक हुडाले अर्धशतकीय पारी खेले । 

राहुलले ९१ तथा हुडाले ६४ रन बनाए । यस्तै, क्रिस गेलले ४० रन बनाउँदा मायंक अग्रवालले १४ रन थपे । राजस्थानका चेतन साकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट हात पारे । 

२२२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले निधारित ओभरमा ७ विकेट गुमाउँदै २१७ रनमात्रै बनाउन सक्यो । उसका कप्तान सामसनले ११९ रनको पारी खेलेपनि हार टार्न सकेनन् । 

कप्तानको रुपमा आइपिएलको डेब्यू खेलमा शतक बनाउने पहिलो खेलाडी बनेका सामसनलाई साथ दिँदै जोस बटलरले २५ तथा शिवम् दुबेले २३ रन बनाए । पञ्जाबका आश्रदीप सिंहले ३ तथा मोहम्मद सामीले २ विकेट हात पारे । 





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार ७:७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया