बेलायतमा पनि राजतन्त्रविरुद्ध आवाज उठ्न थाल्यो

बेलायतमा राजकुमार फिलिपको निधनपछि विश्वभरबाट उनलाई श्रद्धान्जली दिनेको संख्या बढ्दो छ । त्यहाँको राज परिवारमाथि साहनुभूति प्रकट पनि विश्वभरका नेता तथा देशहरुले गरिरहेका छन् । 

प्रिन्स फिलिपको निधन अप्रिल २०२१ मा ९९ वर्षमा भएको थियो ।

उनको निधनपछि बेलायतमा कयौँ परिवार तथा मानिसहरुले यो शोकाकुल परिवारप्रति सहानुभूति प्रकट गरिरहेको छ । तर, योमात्र होइन, यही समयमा बेलायतमा राजतन्त्रको विरोधमा पनि आवाज चर्किन थालेको छ ।

यसरी आवाज उठाउनेहरुले अब देशमा निर्वाचित देशका प्रमुख हुनु पर्ने माग अगाडि सारेका छन् । संवैधानिक सुधार गर्नु पर्ने र यसलाई तत्काल व्यवस्था गर्नु पर्ने माग उनीहरुको रहेको छ । 

युगभ नामको एक संस्थाले गरेको सर्वेमा ६३ प्रतिशत मानिसले मात्र बेलायतमा राजतन्त्र हुनु पर्ने बताएका छन् । अन्यले अब बेलायतमा संवैधानिक सुधार गर्नु पर्ने र राजतन्त्र फाल्नु पर्ने धारणा राखेका छन् । यसको अर्थ हो प्रत्येक ४ जनामा एक जनाले अब बेलायतमा राजतन्त्र आवश्यक नभएको बताएका छन् ।

अहिले बेलायतको प्रमुखका रुपमा ९४ वर्षमी महारानी एलिजाबेथ द्वितीय रहेकी छिन् । बेलायतमा १ हजार वर्ष यता कुनै न कुनै तवरमा राजतन्त्रले नै शासन गरिरहेको छ ।



महारानी एलिजावेथ ५४ कमनवेल्थ देशकी प्रमुख पनि हुन् । उनलाई अहिले बेलायतमा कुनै कानुन आउँदा होस् या प्रधानमन्त्री नियुक्ती गर्नु वा संसद सत्र सुरु गर्ने अधिकार दिइएको छ । उनी नै अहिले पनि बेलायतकी सबैभन्दा शक्तिशाली पदमा छिन् ।

तर, अब विस्तारै त्यहाँ पनि राजतन्त्रविरुद्ध आवाज उठ्न थालेको छ । राजतन्त्र हुनुको अर्थ के हो भन्ने आफूलाई थाहा नभएको र यसले उपनिवेशवादलाई प्रश्रय दिएको डर्बीमा रहेको एक विश्वविद्यालयका प्रशासनक कस्टर्न जोनसनले मिडियाहरुलाई बताएका छन् । उनलाई उद्धृत गर्दै बिबिसीले एक विशेष रिपोर्ट बनाएको छ ।



  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार १३:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया