ओलीले बोलाए बालुवाटारमा सर्वदलीय बैठक
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । 

बैठकमा सहभागी हुनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी लगायत सबै पार्टीका नेताहरुलाई बोलाइएको बालुवाटारले जनाएको छ । 

प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि सर्वदलीय बैठक बोलाएका हुन् । समसामयिक राजनीतिक विषयमाथि छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका बताइएको छ । 

सर्वदलीय बैठकमा निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीले हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका थिए । बैठकमा सबै दलका शीर्ष नेतालाई बोलाइएको छ । 

हिजोको कर्णालीको राजनीतिक घटना र केन्द्रमा नयाँ सरकार बनाउनका लागि सबै विपक्षी दल र नेकपा एमालेको ओली इतरका नेताहरु लागिपरेको समयमा बोलाइएको सर्वदलीय बैठकलाई महत्वका साथ हेरिएको छ । 





  • प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार ९:४५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया