नेपालले नेदरल्यान्डलाई जित्दा बनेका केही रेकर्ड

त्रिदेशीय टि–२० सिरिजमा नेपालले नेदरल्यान्डमाथि ९ विकेटको सहज जित निकाल्दै प्रतियोगिताको शानदार सुरुवात गरेको छ । नेदरल्यान्डले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गर्यो । 

नेपाललाई सहज जित दिलाउन अन्तर्राष्ट्रिय टि–२० मा डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । ​कुशलले ४५ बलमा ६२ रन बनाए । आसिफले ३८ बलमा ५४ रन बनाएर अविजित रहे । यो खेलमा नेपालले केही रेकर्ड बनाएको छ । जुन निम्न छन् : 

पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी    

नेदरल्यान्डविरुद्ध कुशल भुर्तेल र आसिफ शेखले ७६ बलमा ११६ रनको साझेदारी गरे । 

यो नेपालले अन्तर्राष्ट्रिय टि–२० मा नेपालले पहिलो विकेटका लागि गरेको सबैभन्दा ठूलो साझेदारी हो । 

यसअघि सन् २०१९ साग गेम्समा भुटानविरुद्ध पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि सर्वाधिक १०८ रनको साझेदारी गरेका थिए । 



कुशल डेब्युमै कम बलमा अर्धशतक प्रहार गर्ने नेपाली खेलाडी

कुशल भुर्तेल नेपालका लागि डेब्यु खेलमा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले आठौँ ओभरको अन्तिम बलमा १ रन जोड्दै ३० बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय टि–२० अर्धशतक बनाए ।
 
कुशलले ४६ बलको सामना गर्दै समान ५–५चौका र छक्काको मद्दतले ६२ रन बनाए । 



यसअघि कुशल मल्लले सन् २०१९ मा युएईविरुद्धको डेब्यु खेलमा ४१ बलमा अर्धशतक प्रहार गरेका थिए । 

कुशलको यो रेकर्ड आसिफ शेखले पनि तोडे । उनले ३६ बलमा अर्धशतक प्रहार गरे । 

नेदरल्यान्डविरुद्ध नेपालको सबैभन्दा ठूलो जित 

टि–२० अन्तर्राष्ट्रियमा नेपालको यो जित नेदरल्यान्डविरुद्ध सबैभन्दा ठूलो जित हो । यसअघि नेदरल्यान्डविरुद्ध नेपालले निकालेको ४ विकेटको जित सबैभन्दा ठूलो थियो । 

नेपालले यसअघि दुईपटक नेदरल्यान्डलाई ४ विकेटले हराएको थियो ।

  • प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार १७:१०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया