एडोबका संस्थापक चार्लेस जेस्कीको निधन

चर्चित सफ्टवेयर कम्पनी एडोब इन्कका संस्थापक चार्लेस जेस्कीको निधन भएको छ । जेस्कीको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । 

फोटो तथा भिडियो सम्पादनका लागि चर्चित सफ्टवेयर कम्पनी एडोबको संस्थापक जेस्कीले अहिले सबैभन्दा बढी प्रयोगमा रहेको पिडिएफ फाइल फर्म्याटको विकास गरेका थिए । 

पोर्टेबल डकुमेन्ट फर्म्याट (पिडिएफ) प्रविधिको विकास गरेका जेस्की अमेरिकाको सानफ्रान्सिस्कोमा बस्दै आएका थिए । 

जेस्कीको नेतृत्वमा सुरु भएको एडोबले प्रविधिको विकासमा नयाँ मानक तय गरेको थियो । एडोबको पिडिएफ, फोटोसप, इलुस्टेटर, एक्रोब्याट, प्रिमियर प्रोलगायत सफ्टव्यरको विकासमा जेस्कीको लगन सक्रियता रहेको थियो । 

प्रविधिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जेस्कीलाई सन् २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रविधितर्फको राष्ट्रिय पदक प्रदान गरेका थिए । 





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार ७:३२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया