सर्वदलीय बैठकमाथि बाबुराम भट्टराईको व्यङ्ग्य : एमसिसी बैठक बहिष्कार पो भएछ !
फरकधार / ५ बैशाख, २०७८

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बालुवाटारमा बसेको सर्वदलीय बैठकमाथि व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बैठकमाथि व्यङ्ग्य गरेका हुन् । 



सर्वदलीय बैठकमा आफूहरुलाई नबोलाइएको प्रति डा. भट्टराईले व्यङ्ग्य गरेका हुन् । केही सीमित व्यक्तिलाई मात्रै बोलाएर सर्वदलीय बैठक भनिएको उनको टिप्पणी छ ।

बैठकमा नबोलाइएको प्रति व्यङ्ग्य गर्दै डा. भट्टराईले लेखेका छन्, 'चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे ! मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रम निवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन ।' 



भट्टराईले बैठकका विषयमा पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा पनि कुनै जानकारी नआएको बताए । उनले आफूले कार्यालयमा सोधेको तर केही जानकारी नभएको लेखेका छन् । 



उनले लेखेका छन्, 'जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमारी, ल.पु.मा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनियो–एमसिसी बैठक बहिष्कार पो भएछ !'

  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार ९:४०:१२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया