विश्वमा दोस्रो लहरको कोरोना सुरु भएसँगै नेपालका पनि विभिन्न क्षेत्रमा असर देखिन थालेको छ । कोरोनाकै कारण कमेडी च्याम्पियनको दोस्रो सिजनको सो पनि केही समयका लागि रोकिएको छ । प्रतियोगितामा सहभागी रहेकी श्रेया सुवेदीलाई कोरोना पोजेटिभ देखिएपछि एक साताका लागि कमेडी च्याम्पियनको सो बन्द गरिएको हो ।
श्रेयासँगै केकी अधिकारी र रिमा बिश्वकर्माको पनि कोरोना परीक्षण गरिएको थियो । शंका लागेर कोरोना परीक्षण गराउँदा अभिनेत्री केकी अधिकारी र सहभागी श्रेयाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसपछि कमेडी च्याम्पियनमा सहभागी सबैको कोरोना परीक्षण गरिएको छ । च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफूहरु होटल बगैँचामा रहेको र रिपोर्ट नआउँदासम्म बाहिर ननिस्कने बताएका छन् ।
यो साता कमेडी च्याम्पियनको पुरानै शृङ्खला प्रसारण गर्ने विशालले जानकारी दिए । सबै राम्रो भएको खण्डमा अर्को साता नयाँ शृङ्खला प्रसारण गर्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।