अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण

अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केकीलाई कोरोना भएपछि छायाङ्कनमा निस्कने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्युल प्रभावित भएको छ ।

सोमबारबाट छायाङ्कनमा जाने भनेको चलचित्रको सुटिङ अभिनेत्रीलाई कोरोना भएसँगै रोकिएको निर्देशक दीपक श्रेष्ठले जानकारी दिए । यो चलचित्र श्रेष्ठले नै निर्देशन गर्न लागेका हुन् ।

केकीले पहिलो पटकको रिपोर्ट पोजेटिभ आउँदा विश्वास नलागेको बताइन् । उनले दोस्रो पटक पनि कोरोना परीक्षण गराएकी थिइन् । दोस्रो पटक पनि कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी होम क्वारेन्टाइनमा बसेकी छन् ।

कोरोनाको पहिलो लहरमा यही चलचित्रको छायाङ्कनमा निस्कनै लाग्दा निर्देशक श्रेष्ठलाई कोरोना भएको थियो । यस पटक चलचित्रको छायांकनका लागि चलचित्रमा सामेल केही मानिस पनौती पुगिसकेका थिए । अब यो चलचित्रको छायांकन केकीको रिपोर्ट नेगेटिभ आएपछि मात्रै हुने भएको छ । 





  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १४:३९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया