सर्वोच्चले हेर्न भ्याएन सभामुख विरुद्धको मुद्दा !
फाइल तस्बिर

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दा आजपनि हेर्न नभ्याइनेमा परेको छ । लामो समयदेखि पेसीमा नचढेको यो मुद्दालाई सर्वोच्च अदालतले आज पेसी चढाएपनि हेर्न नभ्याइनेमा परेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको उक्त मुद्दा हेर्न नभ्याइएको अदालतले जनाएको छ । संवैधानिक इजलासमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

२०६२ सालमा तात्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोपमा सापकोटाविरुद्धको ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन छ । 

उनीविरुद्ध पूर्णिमाया लामाले पति अर्जुन बहादुर लामाको हत्या अभियोगमा ज्यान मुद्दा हालेकी थिइन्। तर पटक पटक पेसीमा चढे पनि यो मुद्दालाई सर्वोच्चले अघि बढाउन आनाकानी गरिरहेको थियो। सर्वोच्च अदालतले यो मुद्दालाई हेर्न नभ्याइनेमा राखेर थन्क्याइरहेका बेला आज पेसीमा चढाइएको हो। 

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको आरोप लगाउँदै तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णीमायाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १३:३८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया