सर्वोच्च अदालतमा नेपाल समूहको रिट दर्ता हुन सकेन

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको कारबाहीबाट जोगाउन माग गर्दै  सर्वोच्च अदालत पुगेका माधवकुमार नेपाल समूहको रिट सर्वोच्च अदालतमा दर्ता हुन सकेन । 

ओलीले राजनीतिक दलसम्बन्धी ऐनविपरीत आफूहरुलाई पदमुक्त गर्न खोजिएको भन्दै एमालेको नेपाल समूह अदालत पुगेको हो । तर, समयअभावको कारण देखाउँदै अदालतले उनीहरुको रिट दर्ता नगरेको हो । 

एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने ? भनेर मंगलबार स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरण सोधेको भोलिपल्ट नेपाल समूह ‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ’ भन्ने माग गर्दै अदालत गएको थियो । 

नेपाल समूह दिउँसो ३ बजे अदालत पुगेको थियो । कर्मचारीले नभ्याउने भनेर दर्ता नगरेको नेपाल पक्षबाट मुद्दा दर्ता गर्न गएका अधिवक्ता टीकाराम भट्टराईले जानकारी गराएका छन् ।





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १७:४६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया