म्यानमारमा सैन्य 'कू'पछि करिब साढे २ लाख मानिस विस्थापित भएको अनुमान गरिएको छ । गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले शासन हातमा लिएपछि म्यानमारमा २ लाख ५० हजार भन्दा बढी विस्थापित भएका बताइएको छ ।
म्यानमारका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले बताएअनुसार सैन्य शासन लागु भएपछि भएको प्रदर्शन र सैन्य दमनका कारण विस्थापित हुनेको संख्या करिब २ लाख ५० हजार रहेको छ ।
विशेष प्रतिनिधि टोम एन्ड्रयुका अनुसार सैन्य शासनका विरुद्धमा भएको प्रदर्शनका क्रममा करिब २ लाख ५० हजार मानिस विस्थापित भएका हुन् । प्रदर्शनका क्रममा अहिलेसम्म कम्तिमा ७३७ जनाको ज्यान गइसकेको पनि उनले बताएका छन् ।
म्यानमारमा देखिएको मानवीय तथा प्रजातान्त्रिक संकटका विषयमा विश्व समुदायले तत्काल प्रतिक्रिया जनाउन आवश्यक रहेको पनि एन्ड्रयुले बताएका छन् । कहालीलाग्दो प्रदर्शनका क्रममा म्यानमारमा कम्तिमा ३२ सय जना पक्राउ परेका पनि उनले बताएका छन् ।
Horrified to learn that in addition to murdering at least 737 people & arresting well over 3200, the junta's attacks have already left nearly a quarter million Myanmar people displaced, according to sources. The world must act immediately to address this humanitarian catastrophe. pic.twitter.com/wpNjufbK3K
— UN Special Rapporteur Tom Andrews (@RapporteurUn) April 20, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।